Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्पादन बढे पनि घटेन चामल आयात

उत्पादन बढे पनि घटेन चामल आयात

आइतवार , पौष २१, २०८१

काठमाडौँ । यस वर्ष धानको उत्पादन बढे पनि चामलको आयात भने कम हुन सकेको छैन ।

कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष मुुलुकभर ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ । जुन गत आवको तुलनामा चार प्रतिशतले बढी हो ।

धानको उत्पादन बढ्दा पनि धान र चामल दुवैको आयात पनि बढेको छ । चालुु आव २०८१(८२ को पाँच महिनामा करिब सात अर्ब रुपियाँ बराबरको चामल आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुुसार चालुु आवको साउनदेखि मङ्सिरसम्म छ अर्ब ७३ करोड १५ लाख ८२ हजार रुपियाँ बराबरको ७९ हजार ४११ मेट्रिक टन चामल आयात भएको छ ।

त्यस्तै सोही अवधिमा छ अर्ब ५९ करोड ४३ लाख रुपियाँ बराबरको एक लाख ६३ हजार ७०१ मेट्रिक टन धान आयात भएको छ ।

मुलुकमा माग अनुुसार धानको उत्पादन नहुुँदा बर्सेनि अर्बौं रुपियाँ बराबरको चामल र धान भारतसँगै अन्य मुलुकबाट आयात भइरहेको तथ्याङ्कले देखाएको छ । खेती गर्ने जनशक्ति वैदेशिक रोजगारीमा जाँदा गाउँमा अधिकांश जग्गा जमिनहरू बाँझै हुुन थालेका छन् । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077