Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारी ठगीका प्रतिवादीले इजलासमै मर्ने अभिव्यक्ति दिएपछि...

सहकारी ठगीका प्रतिवादीले इजलासमै मर्ने अभिव्यक्ति दिएपछि...

बुधवार , पौष १७, २०८१

पोखरा । कास्की जिल्ला अदालत इजलासमा मंगलबार थुनछेक बहस चल्दै गर्दा प्रतिवादी एक्कासि रुन थालेपछि कार्यालय समयअगावै बहस स्थगित गरिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा हिरासतमा रहेका ८० वर्षीय प्रतिवादी कृष्णबहादुर गुरुङले आफू ‘यहीँ मर्न सक्ने’ अभिव्यक्ति दिए । सोक्रममा उनकी छोरी पूर्वसांसद मीना गुरुङसमेत रुन थालिन् । वातावरणमा सन्नाटा छायो र बहस स्थगित भयो ।

पोखरा महानगरपालिका–१२ रानीपौवा निवासी कृष्णबहादुर बेलायती पूर्वसैनिक हुन् । कृष्णबहादुर र मीना गुरुङ दुवैलाई सहकारी ठगी अभियोगमा प्रतिवादी बनाइएपछि उनीहरू कास्की प्रहरी हिरासतमा छन् ।

हाल हिरासतमा रहेका सात जना प्रतिवादीमध्ये सूर्यदर्शन सहकारीकी पूर्वकोषाध्यक्ष आरती गुरुङको मात्र बयान बाँकी रहेकामा मंगलबार उनको बयान लिइएको थियो । दिउँसो २ बजेसम्म उनको बयान सकिएपछि खाजापछि थुनछेक बहस सुरु भयो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077