Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षक पाउनै सकस, आठौँ विज्ञापनमा बल्ल पर्‍यो आवेदन

शिक्षक पाउनै सकस, आठौँ विज्ञापनमा बल्ल पर्‍यो आवेदन

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौँ । अछामको देवीमाण्डौँ माध्यमिक विद्यालयले माध्यमिक तहमा गणित र विज्ञान विषयको शिक्षक पद रिक्त भएपछि नयाँ नियुक्तिका लागि सात पटकसम्म विज्ञापन आह्वान गर्दा पनि योग्य उम्मेदवारले आवेदन नदिएपछि भदौ १९ गते आठौँ पटक विज्ञापन गर्नु पर्‍यो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकरबहादुर साउदका अनुसार आठौँ पटक विज्ञापन गरेपछि बल्ल योग्यता पुगेका व्यक्तिको आवेदन पर्‍यो तर अझै छनोट कार्य सकिएको छैन ।

सङ्घीय अनुदानबाट प्राप्त शिक्षक कोटाका लागि बिएस्सी तह उत्तीर्ण गरेको व्यक्ति हुनु पर्छ । साथै शिक्षण लाइसेन्स भएको हुनु पर्छ । साउदका अनुसार शिक्षण लाइसेन्स नभएका व्यक्ति भने प्रशस्तै भेटिएका छन् ।

दार्चुलाको मार्मा गाउँपालिकास्थित लटीनाथ माध्यमिक विद्यालय रस्कोटले पनि कक्षा ६ देखि ८ सम्म पढाउने अङ्ग्रेजी विषयको शिक्षक छनोट गर्न छ पटकसम्म सार्वजनिक विज्ञापन गर्नुपर्‍यो । पटक पटक विज्ञापन गर्दा पनि योग्य उम्मेदवारले आवेदन नदिएका कारण विद्यार्थीको पढाइ नियमित बन्न नसकेको विद्यालयको गुनासो छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077