Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिकता वितरण कार्यविधि अभावमा समस्या झेल्दै नागरिक

नागरिकता वितरण कार्यविधि अभावमा समस्या झेल्दै नागरिक

बुधवार , आश्विन २, २०८१

काठमाडौं । कुनै पनि नेपालीले नागरिकता पाउनबाट वञ्चित हुनुनपर्ने स्थिति संविधानले सुनिश्चित गरे पनि व्यवहारमा भने त्यस्तो अवस्था पूर्ण रूपमा अन्त्य नभएको पाइएको छ ।

कानुनी अस्पष्टता, त्यस अवस्थामा नागरिकता दिने कार्यमा खटिएका कर्मचारीहरूको फरकफरक बुझाइले गर्दा नागरिकता नपाउने स्थिति रहेको हो ।

त्यस्तै, नागरिकता लिनको तोकिएको कागजातमध्ये कुनै एक नहुने र अरू कागजातले आवश्यक विवरण राम्ररी खुले पनि व्यवहारमा नागरिकता नपाउने स्थिति रहेको पाइएको छ ।

संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकतालाई नागरिकता प्राप्त गर्न हकबाट वञ्चित गरिने छैन भनिएको छ तर पनि कानुन र व्यवहारबीचको खाडलले गर्दा विभिन्न अवस्थामा नागरिकले नागरिकता नपाउने स्थिति रहेको छ ।

संविधानबमोजिम नागरिकतासम्बन्धी ऐन र नियमावली आएको एक वर्ष बितिसक्दा पनि नागरिकता नपाएर अनेक पीडा भोग्नुपरिहेका नागरिकहरूको कमी छैन । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077