Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब होटल तथा रेस्टुरेन्टले ग्राहकलाई भ्याटको १० प्रतिशत रकम फिर्ता दिनुपर्ने

अब होटल तथा रेस्टुरेन्टले ग्राहकलाई भ्याटको १० प्रतिशत रकम फिर्ता दिनुपर्ने

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । रेस्टुरेन्ट, बार र सबै प्रकारका होटल, लज तथा लजमा अनलाइन माध्यमबाट शुल्क तिर्दा उपभोक्ताले भुक्तानी गरेको मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत रकम फिर्ता दिनुपर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले भ्याटको १० प्रतिशत रकम फिर्ता गर्नुपर्ने निर्णय गर्दै निर्देशनसमेत जारी गरेसँगै रेस्टुरेन्ट, बार र सबै प्रकारका होटल तथा लजले सो रकम फिर्ता दिनुपर्ने भएको हो ।

आन्तरिक राजस्व विभागले अनलाइन भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) रकम फिर्ता गर्न होटेल तथा रेस्टुरेन्ट व्यवसायीलाई निर्देशन दिएको छ ।

मदिरा पिउने केन्द्र (बार) बाट प्रदान गरिने सेवामा, चमेनागृह र सबै प्रकारका होटेल, मोटेल, लज, गेस्टहाउस व्यवसायबाट प्रदान गरिने सेवामा अनलाइनबाट रकम भुक्तानी गर्ने ग्राहकलाई मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता गर्नुपर्ने आन्तरिक राजस्व विभागले उल्लेख गरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077