काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘आन्तरिक रोजगार प्रवर्धन दशक’ अभियान सञ्चालन गरेको छ ।
देशभित्र उपयुक्त रोजगारीका अवसरहरू सिर्जना गरी युवालाई स्वदेशमै रहने वातावरण सिर्जना गर्न मन्त्रालयले २०८१ देखि २०९० सम्मलाई आन्तरिक रोजगारी दशक अभियानका रूपमा सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।
अघिल्लो कार्यकालमा श्रममन्त्री शरतसिंह भण्डारीले सो कार्यक्रमको घोषणा गरेका थिए । अहिले त्यसलाई उनले सञ्चालनमा ल्याए ।
सो अभियान अन्तर्गत दिगो आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको प्रमुख आधार नै उत्पादनशील रोजगारी रहेका कारण नीतिगत, वस्तुगत र विकास रणनीतिमा रोजगारी प्रवर्धनलाई जोड दिएको छ । गोरखापत्रबाट