काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) विभाजन हुने चर्चा चलेको छ ।
कतिपय असन्तुष्ट नेताहरूले पार्टी विभाजन गर्न लागेको चर्चाका बीचमा नेताहरू त्यसमा सत्यता नभएको बताउँछन् ।
एकीकृत समाजवादीको १०औं महाधिवेशन हालै सम्पन्न भएको छ । सम्पन्न महाधिवेशनमा केही नेता सोचेजस्तै जिम्मेवारी ९पद०मा नपुगेपछि विपक्षीले एकीकृत समाजवादी पार्टी फुट्न लागेको ‘हल्ला’ चलाएको नेताहरू बताउँछन् ।
एकीकृत समाजवादीका उपाध्यक्ष धर्मनाथ साहले पार्टी विभाजनको हल्ला विपक्षी दलले चलाएको आरोप लगाए । उनले पार्टीको हालै महाधिवेशन सम्पन्न हुँदै संगठन निर्माणमा लागेको पार्टी फुट्ने विषयमा सत्यता नभएको बताए । राजधानी दैनिकबाट