Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केन्द्रीय जेलमा कैदी र थुनुवा गरी १६०० बिरामी

केन्द्रीय जेलमा कैदी र थुनुवा गरी १६०० बिरामी

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । नेपालकै सबैभन्दा पुरानो र ठूलो जेलको रूपमा रहेको जगन्नाथ देवलमा रहेका थुनुवा र कैदी गरी १६ सय जना एकैपटक बिरामी परेका छन् ।

सो जेलमा क्षमताभन्दा दोब्बर बढी कैदी र थुनुवा रहेका छन् । जेलमा रहेका कैदी र थुनुवा गरी ३ हजार ७ सय ५४ जनामध्ये एकैपटक १६ सय जना बिरामी परेको जेल प्रशासन स्रोतले जानकारी दिएको छ ।

जेल प्रशासनका अनुसार सो जेलको जम्मा क्षमता भने १५ सय जनाको मात्रै रहेको छ । तर, अहिले जेलमा क्षमताभन्दा दोब्बर बढी कैदीहरू राख्नुपरेको जेलका प्रमुख जेलर कृष्णबहादुर कटुवालले जानकारी दिए ।

‘क्षमताभन्दा बढी कैदीहरू राख्नुपरेकाले व्यवस्थापनमा समस्या पर्नु स्वाभाविक हो, विभिन्न समस्याका बाबजुद जेनतेन व्यवस्थापन गरिरहेका छौं’ –जेलर कटुवालले भने ।

जेलर कटुवालका अनुसार सबैभन्दा बढी समस्या बिरामीहरूको उपचार र व्यवस्थापनमा पर्ने गरेको छ । अहिले कैदी र थुनुवा गरी १६ सय जना विभिन्न रोगका कारण बिरामी भएकाले उनीहरूको उपचारमा समस्या परिरहेको कटुवालले बताए ।

बिरामीहरूलाई प्रारम्भिक उपचार जेलभित्रै गर्ने गरिएको छ तर गम्भीर रोग र दीर्घ रोगबाट पीडित बनेका बिरामीहरूलाई भने वीर, टिचिङलगायतका सरकारी अस्पतालमा लगेर उपचार गर्ने गरिएको छ। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077