Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • एसईई पूरकको नतिजा कहिले आउँछ ?

    एसईई पूरकको नतिजा कहिले आउँछ ?

    अनलाइन नेपाल
  • मंगलबार, १८ भाद्र २०८१
  • 1.1K
    SHARES

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा असोज तेस्रो सातासम्म सार्वजनिक गर्ने भएको छ ।

    बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार दसैँअघि नै नतिजा प्रकाशन गर्ने गरी काम भइरहेको छ ।



    परीक्षा नियन्त्रक कक्षा १० का नन्दलाल पौडेलका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण सकेर केन्द्रमा ल्याउने काम भइरहेको छ ।



    पौडेलका अनुसार उत्तरपुस्तिका परीक्षण उपत्यकाका तीनसहित ३४ वटा केन्द्रबाट भएको थियो । बोर्डका अनुसार धेरै स्थानबाट प्राप्ताङ्कसमेत आइसकेको छ ।

    केही केन्द्रमा उत्तरपुस्तिका परीक्षण सकिएको भए पनि प्रतिकूल मौसमका कारण प्राप्ताङ्क तथा उत्तरपुस्तिका ल्याउन सकिएको छैन ।

    बोर्डले कक्षा ११ को रजिस्ट्रेसन फारामलाई असर नपर्ने गरी नतिजा प्रकाशन गर्ने तयारी गरेको हो । बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ११ को रजिस्ट्रेसन फाराम भराउने समय कात्तिक १५ गतेभित्रलाई तोकिएको छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार