Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भृकुटीमण्डपको भाडामा अनियमितता

भृकुटीमण्डपको भाडामा अनियमितता

बिहिवार , भाद्र १३, २०८१

काठमाडौँ । लामो समयसम्म काठमाडौँको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को जग्गा, भवन र स्टल प्रयोग गर्ने तर भाडा चाहिँ नबुझाउनेबाट भाडा उठाउन परिषद्ले पहल थालेको छ ।

राजनीतिक पहुँचका आडमा २५–३० वर्षदेखि ४७ विभिन्न परिषद्का त्यस्ता संरचना कब्जा जमाई बसेका सङ्घ संस्था र व्यक्तिले आठ करोड दुई लाख ४९ हजार ६१९ रुपियाँ तिर्न अटेर गर्दै आएका छन् ।

परिषद्का सदस्यसचिव मनोज भट्टले संरचना ओगट्ने तर बक्यौता तिर्न आलटाल गर्न थालेपछि गत असार मसान्तमा नै एकमुष्ट आठ करोड दुई लाख ४९ हजार ६१९ रुपियाँ उठाउने गरी प्रशासनिक प्रक्रिया सुरु गरेको बताए ।

बक्यौता उठाउन ३५ दिने सूचना जारी गर्न लागेको जानकारी दिँदै उनले भने, “हामी २५–३० वर्षअघिको बक्यौता उठाउन प्रक्रियामा जाँदै छौँ । कतिपय निर्णय परिषद्बाट मात्रै गरेर हुँदैन । कार्यसम्पादन समिति हुँदै मन्त्रीस्तरीय निर्णय गरेपछि बक्यौता उठाउन सकिन्छ ।”

आफू सदस्यसचिव भएर आएपछि बक्यौता उठाउने विषयमा नै धेरै मन्त्रीसँग कार्य गरेको तर कतिपय कारणले अहिलेसम्मको प्रक्रियामा पुग्न अवरोध झेलेको उनले बताए । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077