Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कपन र लुभुको सयौँ रोपनी जग्गाबारे त्रिवि बेखबर

कपन र लुभुको सयौँ रोपनी जग्गाबारे त्रिवि बेखबर

मंगलवार , भाद्र ११, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण भएको विषयमा सरकारी अध्ययन भइरहेका बेला विगतमा त्रिविलाई दिने घोषणा गरिएको तर हालसम्म भोगचलन नै गर्न नपाएको जग्गाको विषयमा नयाँ तथ्य पत्ता लागेको छ ।

काठमाडौँ उपत्यकाभित्र रहेको त्रिविको जग्गाको विषयमा अध्ययन गर्ने क्रममा उक्त तथ्य पत्ता लागेको हो ।

अध्ययनका क्रममा ललितपुर लुभुको ३७५ रोपनी र कपनको २९ रोपनी आठ आना जग्गाको विषय हालसम्म बेखबर छ । जब कि यी दुवै स्थानको जग्गा त्रिविलाई दिने भनिएको सरकारी दस्ताबेजबाट नै पुष्टि हुन्छ ।

तत्कालीन मुमा बडामहारानीद्वय कान्ति राज्यलक्ष्मी र ईश्वरी राज्यलक्ष्मी शाहले हालको त्रिभुवन विश्वविद्यालय स्थापनाका लागि ललितपुरको लुभुमा ३७५ रोपनी जग्गा दिएका थिए ।

२०१३ सालमा आफ्नो निजी बिर्ताका रूपमा रहेको उक्त जग्गा उनीहरूले त्रिवि स्थापना नहुँदै दिने घोषणा गरेका थिए । तर अहिले उक्त जग्गा के कस्तो अवस्थामा छ भन्ने विषयमा कसैलाई थाहा छैन । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077