Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्यातभन्दा दोब्बरको पेट्रोलियम पदार्थ आयात

निर्यातभन्दा दोब्बरको पेट्रोलियम पदार्थ आयात

मंगलवार , भाद्र ११, २०८१

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले निर्यात गरेर प्राप्त गरेको आम्दानीभन्दा दोब्बर बढीको पेट्रोलियम पदार्थ आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार भन्सार विभागको तथ्याङ्क अनुसार साउनमा २१ अर्ब ६६ करोड ९० लाख ४९ हजार रुपियाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यास) आयात भएको छ ।

जबकि साउनमा नेपालले करिब १२ अर्ब रुपियाँको मात्रै वस्तु निर्यात गरेको छ । निर्यातको तुलनामा पेट्रोलियम पदार्थको आयात बढी देखिए पनि समग्रमा पेट्रोलियम आयात भने घटेको छ ।

विभागका अनुसार गत साउनको तुलनामा नेपालले करिब ३० करोड रुपियाँभन्दा कम पेट्रोलियम आयात गरेको छ ।

गत साउनमा नेपालले २१ अर्ब ९८ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077