Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • त्रिविमा फेरि किचलो, डीएसपीको नेतृत्वमा प्रहरी परिचालन

    त्रिविमा फेरि किचलो, डीएसपीको नेतृत्वमा प्रहरी परिचालन

    अनलाइन नेपाल
  • बिहिबार, ६ भाद्र २०८१
  • 1K
    SHARES

    काठमाडौँ । नयाँ पदाधिकारी नियुक्तिसँगै लयमा आउन लागेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा फेरि किचलो सुरु भएको छ ।

    बढ्दो राजनीतिक हस्तक्षेपका कारण थिलथिलो बनेको आरोप खेपिरहेको त्रिविमा एक विभागीय प्रमुख नियुक्तिको विवादले पदाधिकारी कार्यालयमै छिर्न नसक्ने अवस्था निम्त्याएको हो ।



    समाजशास्त्र केन्द्रीय विभागमा प्रमुख नियुक्तिको विवादका कारण शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई विद्यार्थीले ज्यान मार्ने धम्की दिएका छन् ।



    जसका कारण केसीसहित रजिस्ट्रार प्राडा केदार रिजाल पछिल्लो समय सहज रूपमा कार्यालय प्रवेश गर्नसमेत सक्नुभएको छैन ।

    तथापि सरकारले डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरेपछि उनीहरू बुधबारदेखि नियमित काममा फर्किएका छन् । उपकुलपति प्राडा केशरजङ्ग बराल भने बिरामी भएर घरमै आराम गरिरहेका छन् । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार