Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विद्युत् निर्यात एक हजार मेगावाट नाघ्यो

    विद्युत् निर्यात एक हजार मेगावाट नाघ्यो

    अनलाइन नेपाल
  • मंगलबार, ४ भाद्र २०८१
  • 519
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने लक्ष्य लिएको पहिलो वर्ष नै यो आँकडा एक हजार मेगावाटभन्दा धेरै हुने भएको छ ।

    नेपालले द्विपक्षीय सम्झौताबमोजिम भारतका विहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएसँगै यस्तो सुनिश्चिता भएको हो ।



    नेपालका लागि भारतीय दूतावासले नेपालबाट थप विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त भएको जानकारी दिएको हो । नेपालले हालसम्म १६ जलविद्युत् आयोजनाको ६९० मेगावाट निर्यातको स्वीकृति पाएकामा पछिल्लो स्वीकृतिसँगै २८ अयोजनाबाट ९४१ मेगावाट पुगेको छ ।



    विद्यत् चुहावटसमेत व्यवस्थापन गर्ने गरी १० प्रतिशतसम्म थप निर्यात गर्न सकिने प्रावधान रहेकाले निर्यातले एक हजार मेगावाटको आकडा पार गरेको हो । नेपाल विद्युत् प्राधिकरणको प्रयासले सार्थकता पायो भने यसमा अझै दुई सय मेगावाट थप हुने छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार