Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • जरिबानाकेन्द्रित ट्राफिक प्रहरी, झाडीमा बसेर जाँच !

    जरिबानाकेन्द्रित ट्राफिक प्रहरी, झाडीमा बसेर जाँच !

    अनलाइन नेपाल
  • शनिबार, १ भाद्र २०८१
  • 738
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नागरिकलाई सुरक्षित रूपमा सडक प्रयोग गर्न समन्वय गर्ने र दुर्घटना न्यूनीकरण गर्नेभन्दा पनि झाडीमा लुकेर ‘गल्ती गर्न उत्प्रेरित गर्ने’ ट्राफिक प्रहरीको प्रवृत्तिको सवालमा दुई दिनदेखि बहस तीव्र भएको छ ।

    काठमाडौँ उपत्यकाभित्रै ट्राफिक प्रहरीकैअगाडि भएको सडक दुर्घटनामा नागरिकले ज्यान गुमाइरहेका घटनाले सडक सुरक्षाका सन्दर्भमा गम्भीर प्रश्न उठाएको हो ।



    भक्तपुरको गट्ठाघर चोकमै ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएपछि सडक सुरक्षाका सन्दर्भमा राज्यका संयन्त्रबाट भइरहेका कामप्रति नागरिक पङ्क्तिबाट औँला उठेको छ ।



    उक्त दुर्घटनामा ओखलढुङ्गा स्थायी घर भई काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–१०, कपन बस्ने ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार