Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

५० अर्ब १५ करोड बिगोका ७ मुद्दा अभियोजनका क्रममा

५० अर्ब १५ करोड बिगोका ७ मुद्दा अभियोजनका क्रममा

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी कार्य गरेर आर्जन गरिएको कालो धनलाई वैधानिकता दिने (सम्पत्ति शुद्धीकरण गर्ने) प्रवृत्तिलाई निरुत्साहित बनाउन त्यस्ता व्यक्ति तथा निकायमाथिको छानबिनलाई आक्रामक बनाएको छ।

विभागले ५० अर्ब १५ करोड बिगो कायम गर्दै शिवशंकर सहकारी, इमेज सहकारीलगायत ७ निकाय तथा व्यक्तिहरूविरुद्ध मुद्दा अभियोजन गर्ने कार्य अन्तिम चरणमा पुर्‍याएको छ।

विभाग स्रोतका अनुसार शिवशंकर सहकारीविरुद्ध ४७ अर्ब र इमेज सहकारीविरुद्ध ३ अर्बको बिगो दाबी गर्दै मुद्दा अभियोजनको अन्तिम तयारी थालिएको हो ।

‘शिवशंकर सहकारी, इमेज सहकारीलगायत सम्पत्ति शुद्धीकरणका ७ मुद्दा छिट्टै अभियोजन गर्ने तयारी गरेका छौं’ –विभाग स्रोतले भन्यो । विभागले पछिल्लो समयमा सम्पत्ति शुद्धीकरणविरुद्धका मुद्दा अभियोजनमा समेत तीव्रता दिँदै आएको छ। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077