Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एक वर्षमा ६ अर्ब ५१ करोडको राजस्व छली, ७ अर्ब ४२ करोडको मुद्दा

एक वर्षमा ६ अर्ब ५१ करोडको राजस्व छली, ७ अर्ब ४२ करोडको मुद्दा

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । मुलुकमा राजस्व छली गर्ने प्रवृत्ति भयानक रहेको विभिन्न अध्ययनले देखाएको छ। अर्थ मन्त्रालय तथा राजस्व क्षेत्रमा रहेका अधिकारीहरूले नै विभिन्न व्यापारीहरूले वार्षिक खर्बौं रुपियाँ राजस्व छली गर्ने गरेको तथ्य औंल्याएका छन्।

यद्यपि, त्यसरी राजस्व छली गर्नेहरूमध्ये कममात्रै कानुनी दायरामा आउने गरेका छन् । राजस्व अनुसन्धान विभागका अनुसार गत एक वर्षको अवधिमा मात्रै ६ अर्ब ५१ करोड १० लाखको राजस्व छली भएको छ।

विभागले आर्थिक वर्ष २०८०र८१ मा त्यसरी राजस्व छली गर्ने २ सय ३२ जनालाई कानुनी दायरामा ल्याउन सफल भएको छ। राजस्व अनुसन्धान विभागले राजस्व चुहावट तथा विदेशी विनिमयतर्फ गरी १०९ वटा मुद्दा दायर गर्दा राजस्व छली गर्नेहरूबाट ७ अर्ब ४३ करोड ६५ लाख बिगो मागदाबी गरेको हो।

केही समय अघिमात्रै आन्तरिक राजस्व विभागले अघिल्लो वर्ष कर छलीमा संलग्न रहेका १ हजार ९ सय ८६ व्यापारिक फर्म तथा करदाताले प्रयोग गरेको झुट्टा तथा नक्कली बीजकहरूमाथि गरेको अनुसन्धान सकाउँदै ती फर्महरूबाट ११ अर्ब ३ करोड १७ लाख कर असुली गर्ने निर्णय गरेको थियो । नेपाल समाचरपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077