Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय

शनिवार , जेठ ३०, २०८३

एजेन्सी । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योललाई उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले ड्रोन उडान गराएको अभियोगमा थप ३० वर्ष जेल सजाय सुनाइएको छ। 

सियोल केन्द्रीय जिल्ला अदालतले शुक्रबार सुनाएको फैसलाअनुसार युनले सन् २०२४ मा उत्तर कोरियाको राजधानी प्योङयाङमाथि ड्रोन उडान गराउने आदेश दिएको ठहर गर्दै ३० वर्षको कैद सजाय सुनाएको हो ।

यसअघि पनि डिसेम्बर २०२४ मा मार्सल ल लागू गरेको घटनामा अदालतले उनलाई विद्रोहको अभियोगमा आजीवन कारावासको सजाय सुनाइसकेको थियो।

यो मुद्दा उत्तर कोरियाले सन् २०२४ को अक्टोबरमा लगाएको आरोपसँग जोडिएको छ। प्योङयाङले दक्षिण कोरियाले तीनपटक ड्रोन उडाएर आफ्नो राजधानीमा प्रचार सामग्री खसालेको दाबी गरेको थियो।

त्यसबेला तत्कालीन रक्षामन्त्रीकिम योङ ह्युनले उक्त आरोपको पुष्टि वा खण्डन गर्न नसकिने प्रतिक्रिया दिएका थिए ।

विशेष अभियोजक चो युन सुकको नेतृत्वमा गरिएको अनुसन्धानले युनले राजनीतिक विरोधीहरूलाई कमजोर पार्न तथा सत्ता आफ्नो नियन्त्रणमा केन्द्रित गर्न उत्तर र दक्षिण कोरियाबीच युद्धको वातावरण सिर्जना गर्ने प्रयास गरेको निष्कर्ष निकालेको थियो।

अभियोजन पक्षले यसलाई अधिनायकवादी शैलीमा शक्ति विस्तार गर्ने योजनाको हिस्सा भएको आरोप लगाएको थियो।

मार्सल लको योजना बनाउन र सेना परिचालनमा सहयोग गरेको आरोपमा पूर्व रक्षामन्त्री किम योङ ह्युनलाई पनि जिम्मेवार ठहर गरिएको छ।

अभियोजन पक्षले युनका लागि ३० वर्ष र किमका लागि २५ वर्ष जेल सजायको माग गरेको थियो। अदालतले युनलाई ३० वर्ष जेल सजाय सुनाएको छ भने किमसम्बन्धी विस्तृत फैसला सार्वजनिक हुन बाँकी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077