Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम चार अर्ब

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम चार अर्ब

सोमवार , जेठ २५, २०८३

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २०.२७ अंकले घटेको छ। 

दोहोरो अंकले घटेर साताको सुरुआत गरेको नेप्सेको कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा ओरालो लागेको छ।

अघिल्लो कारोबार दिनको तुलनामा आज ०.७३ प्रतिशतले घटेको नेप्से २७३५.१४ विन्दुमा रोकिएको हो।

नेप्सेमा आज ३५६ कम्पनीको ५६ हजार ८४५ पटकको कारोबारमा ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर किनबेच भए। जसअनुसार चार अर्ब आठ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँको कारोबार भयो। यो अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

आज ४३ कम्पनीका सेयरमूल्य मात्र बढे। ३२१ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा ६ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहको कारोबार भएकामा फाइनान्स समूहको मात्र सूचक बढ्यो भने बाँकी १२ समूहका सूचक राताम्मे बने।

जसअनुसार वाणिज्य बैंक ०.४५ र विकास बैंक समूहको सूचक १.०३ प्रतिशतले घटे। फाइनान्स समूहको सूचक भने ०.२६ प्रतिशतले बढ्यो।

यसैगरी होटेल तथा पर्यटन समूहको सूचक ०.७१‚ जलविद्युत् ०.९५‚ लगानी ०.३८‚ जीवन बिमा ०.५४‚ उत्पादन तथा प्रशोधन ०.४४‚ लघुवित्त ०.५२‚ म्युचुअल फन्ड ०.५९‚ निर्जीवन बिमा ०.८३‚ अन्य १.५० र व्यापार समूहको उपसूचक १.७७ प्रतिशले घट्यो।

 कालिञ्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गर्दा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ७.१४ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो।  यसको २० करोड ४६ लाख २९ हजार ९७ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अगाडि रह्यो। सोमबार यसको तीन लाख ४१ हजार ६७८ कित्ता सेयर कारोबार भयो। आँखुखोलाको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ४०४ रुपैयाँ कायम रह्यो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077