Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा पाण्डेय

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा पाण्डेय

सोमवार , जेठ २५, २०८३

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा टंकप्रसाद पाण्डेयलाई नियुक्त गरिएको छ । 

नेपाल सरकार (अर्थमन्त्रीस्तरीय) को बैशाख २८ गतेको निर्णयअनुसार बैंकका पूर्व सञ्चालक समिति अध्यक्ष डिम प्रसाद पौडेलले राजीनामा दिएपछि बैंक सञ्चालक समितिले पाण्डेयलाई अध्यक्षमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष पाण्डेय २५ वर्षभन्दा बढी निजामती सेवामा कार्यरत रहँदै आर्थिक क्षेत्र तथा विभिन्न निकायमा महत्त्वपूर्ण अनुभव हासिल गरेका व्यक्ति हुन्।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार नवनियुक्त अध्यक्षलाई राष्ट्र बैंकका गर्भनर समक्ष शपथ ग्रहण गराउने प्रावधानअनुसार उनलाई नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा गर्भनर विश्वनाथ पौडेलले शपथ ग्रहण पनि गराएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077