Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विपक्षी दललाई सभामुख अर्यालले भने- प्रतिस्पर्धा मसँग होइन देशको भ्रष्टाचारका सवालमा गरौँ

विपक्षी दललाई सभामुख अर्यालले भने- प्रतिस्पर्धा मसँग होइन देशको भ्रष्टाचारका सवालमा गरौँ

सोमवार , जेठ १८, २०८३

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरुलाई राष्ट्रियताको विषयमा प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । 

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा पनि विपक्षी दलले प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'को अभिव्यक्तिलाई लिएर विरोध जनाएपछि सभामुख अर्यालले आफ्नो आसनबाटै यस्तो भनेका हुन् । 

'राष्ट्र राष्ट्रियता र देशका जनताको जनजीविकाको सवालमा प्रतिस्पर्धा गरौँ । प्रतिस्पर्धा, सभामुखसँग होइन, देशको भ्रष्टाचारसँग गरौँ, सुशासनसँग गरौँ, प्रतिस्पर्धा के मा गर्ने त्यसमा ध्यान दिऔँ मान्य सदस्य,' उनले भने । 

जनताको जनजीविका र भ्रष्टाचारको विषयमा प्रतिस्पर्धा गर्न आग्रह गरे । 

साथै सभामुख अर्यालले संसद्मा देखिएका समस्या समाधानमा विपक्षी दलको साथ नपाएको गुनासो गरेका छन् ।

आफूले आइतबार पनि छलफल र संवादका लागि पहल गरेको र आज वर्णव्यवस्था परामर्श समितिको बैठक बोलाएको तर विपक्षी दलका सांसद रुले त्यसलाई अटेर गरेको बताए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077