Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकार गलत दिशामा गए घण्टी बजाएर खबरदारी गर्नुस्: सभामुख अर्याल

सरकार गलत दिशामा गए घण्टी बजाएर खबरदारी गर्नुस्: सभामुख अर्याल

शनिवार , जेठ १६, २०८३

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार गलत दिशामा गएको वा काममा ढिलाइ भएको अवस्थामा नागरिक तथा सामाजिक संघसंस्थाले ‘घण्टी बजाएर’ सचेत गराउनुपर्ने बताएका हुन् । 

कानून निर्माण प्रक्रियामा आवश्यक सुझाव दिन तथा सरकारका कमजोरीप्रति समयमै खबरदारी गर्न उनले आग्रह गरे ।

सभामुख अर्यालले सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिको लक्ष्य वर्तमान पुस्ताले नै पूरा गर्नुपर्नेमा जोड दिँदै देशको विकास र सुधारको जिम्मेवारी अहिलेको नेतृत्वले वहन गर्नुपर्ने बताए ।

उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए । साथै, वैदेशिक रोजगारीमा रहेका नेपाली युवालाई स्वदेश फर्काउने अवस्था निर्माण गरी नेपाललाई बस्न र लगानी गर्न उपयुक्त राष्ट्रका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेपालका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रभावकारी प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै उनले लुम्बिनी, सगरमाथा, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, जानकी मन्दिर तथा पाथीभरा मन्दिर जस्ता गन्तव्यहरूले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख केन्द्र बनाउन सक्ने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077