Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केन्याको गर्ल्स स्कुलमा आगलागी हुँदा १६ विद्यार्थीको मृत्यु

केन्याको गर्ल्स स्कुलमा आगलागी हुँदा १६ विद्यार्थीको मृत्यु

बिहिवार , जेठ १४, २०८३

एजेन्सी । केन्याको राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिममा रहेको गिलगिलस्थित एक बोर्डिङ स्कुलमा भएको भीषण आगलागीमा १६ जना विद्यार्थीको मृत्यु भएको छ भने ७४ जना घाइते भएका छन् ।

बिहीबार बिहान विद्यार्थीहरू सुतिरहेको समयमा उतुमिसी गर्ल्स स्कुल को होस्टेलमा आगलागी भएको केन्या रेडक्रस र प्रहरी स्रोतले जनाएको छ ।

घाइते विद्यार्थीहरूलाई तत्काल नजिकका अस्पतालहरूमा उपचारका लागि पठाइएको छ ।

प्रहरी अधिकारीका अनुसार घटनास्थलमा उद्धार कार्य जारी छ भने मृतक र घाइतेको संख्या थप बढ्न सक्ने आशंका गरिएको छ । आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन ।

केन्या रेडक्रसले घटनापछि आपतकालीन उद्धार टोली परिचालन गरिएको जानकारी दिएको छ ।

पछिल्ला वर्षहरूमा केन्याका बोर्डिङ स्कुलहरूमा यस्ता आगलागीका घटना दोहोरिने गरेका छन् ।

विशेषगरी होस्टेलमा ठूलो संख्यामा विद्यार्थी बस्ने र सुरक्षा मापदण्डको पालना कमजोर हुने कारणले यस्ता दुर्घटना हुने गरेको विशेषज्ञहरूले बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077