सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आगलागीमा परी ६ परिवारको वटा १२ घर जलेर नष्ट भएका हुन् ।
स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले निजको दुईवटा घर र एउटा गाईगोठ, छिमेकी जुगाइ यादवको दुईवटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा घर एउटा गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको एकरएक वटा घर गरी ९ घर र तीन वटा गाईगोठसमेत १२ वटा घर पूर्ण रुपले जलेर नष्ट भएको बताइएको छ ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचरलगायत नगदसहित करिब ४५ लाखभन्दा बढीको धनमालको नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका, मधेस–प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुण यन्त्र र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा आएको थियो।