बैतडी। जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ।
पुराना स्वास्थ्य सामग्री राखिएको गोदाममा आइतबार दिउँसो साढे ३ बजे आगलागी भएको हो।
नजिकै रहेको फोहोर जलाउन बालेको आगोबाट अस्पतालको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र स्थानीयको मद्दतमा ४ बजे आगो नियन्त्रणमा लिइएको उनले बताए।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।