काठमाडौं । काठमाडौंको कमलादीस्थित कौजी थकाली रेस्टुरेन्टमा भिषण आगलागी भएको छ ।
आज दिउँसो कमलादीस्थित कौजी थकाली रेस्टुरेन्टमा आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक जानकारी अनुसार आगलागीबाट अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन ।
प्रहरी घटनास्थलमा पुगेर नियन्त्रणका प्रयास गरिरहेका छन् र आगलागीको कारण खुल्न सकेको छैन ।