Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खुर्कोट हिरासत मृत्यु प्रकरण : एसपीसहित १० प्रहरीलाई कारबाहीको सिफारिस

खुर्कोट हिरासत मृत्यु प्रकरण : एसपीसहित १० प्रहरीलाई कारबाहीको सिफारिस

मंगलवार , जेठ १२, २०८३

सिन्धुली । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा १० जना प्रहरी कर्मचारीलाई कारबाही सिफारिस गरिएको छ ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले एसपीदेखि प्रहरी जवानसम्मलाई विभिन्न स्तरको कारबाही गर्न सिफारिस गरेको हो ।

गत घटनामा सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको हिरासतभित्र मृत्यु भएको थियो। घटनापछि गठित छानबिन समितिले जिम्मेवारीमा लापरबाही देखिएको निष्कर्षसहित कारबाही प्रक्रिया अघि बढाएको हो।

समितिको सिफारिसअनुसार एक जनालाई सचेत गराउने, दुई जनालाई ध्यानाकर्षण गराउने, पाँच जनालाई सख्त चेतावनीसहित जिम्मेवारीबाट अलग गर्ने, एक जनालाई नसिहत दिने तथा एक जनाको ग्रेड घटुवा गर्ने उल्लेख गरिएको छ। उक्त घटनापछि सिन्धुलीका तत्कालीन एसपी लालध्वज सुवेदीको सरुवा भइसकेको छ ।

त्यसैगरी हिरासत व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन समितिले विशेष निर्देशनसमेत दिएको छ।

हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षा उच्च प्राथमिकतामा राख्न, नियमित निगरानी प्रणाली कडाइका साथ लागू गर्न तथा ड्युटीका समयमा अन्य काममा संलग्न नहुने व्यवस्था सुनिश्चित गर्न सुझाव दिइएको छ।

समितिले कुनै पनि असामान्य गतिविधि तत्काल रिपोर्ट गर्ने प्रणाली अनिवार्य गर्नुपर्ने, संवेदनशील प्रकृतिका मुद्दामा कार्यालय प्रमुखको प्रत्यक्ष निगरानी बढाउनुपर्ने तथा हिरासत व्यवस्थापनको नियमित मूल्याङ्कन र निरीक्षण गर्नुपर्ने पनि सिफारिस गरेको छ।

जिल्ला प्रहरी प्रमुखलाई समेत हिरासत व्यवस्थापनमा अझ कडाइका साथ अनुगमन गर्न निर्देशन दिइएको छ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077