Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले केन्द्रीय सचिवालय बैठक गुण्डुमा जारी, ओलीले जवाफ दिने

एमाले केन्द्रीय सचिवालय बैठक गुण्डुमा जारी, ओलीले जवाफ दिने

आइतवार , जेठ १०, २०८३

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय आज पनि जारी छ ।

बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसिरहेको हो ।

शुक्रबारदेखि जारी बैठकमा बाँकी पदाधिकारीले बोलीसकेपछि बैठकमा उठेका प्रश्नको अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन्। 

हिजो महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ४ जना सचिवले धारणा राखेकोमा अधिकांशले नेतृत्व परिवर्तनमा जोड दिएका थिए।

गत मंसिरमा सम्पन्न १०औँ महाधिवेशनबाट आफ्नो पक्षका पदाधिकारीसहित केन्द्रीय कमिटीमा निकट नेताहरूको वर्चस्व रहेको एमाले ओली ६ महिनामै भारी अल्पमतमा पर्ने देखिएको छ। तर ओलीले अध्यक्ष पद नछाड्ने अडान दोहो¥याएका छन् ।

आज सचिव शेरधन राई, भानुभक्त, ढकाल, खगराज अधिकारी र राजन भट्टराईले धारणा राख्नेछन् । सबैले बोल्ने क्रम सकिएपछि ओलीले जवाफ दिने छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077