Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीमाथि सचिवालयमै दबाब, बैठक आज पनि बस्दै

ओलीमाथि सचिवालयमै दबाब, बैठक आज पनि बस्दै

आइतवार , जेठ १०, २०८३

काठमाडौं । नेकपा एमालेको सचिवालयको आठौं बैठक आज पनि बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक बस्न लागेको हो । 

बैठकमा अझै चार सचिवहरूको धारणा आउन बाँकी रहेको नेताहरूले बताएका छन् । सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आफ्नो धारणा राख्न बाँकी रहेको जनाइएको छ ।

६ महिनाअघि सम्पन्न ११औं महाधिवेशनबाट शक्तिशाली बनेका अध्यक्ष ओली अहिले भने आफ्नै सचिवालय बैठकमा दबाबमा परेका छन् ।

१९ सदस्यीय सचिवालयमा हालसम्म १० जना सदस्यहरूले पार्टी पुनर्गठनको पक्षमा धारणा राखिसकेको नेताहरूको दाबी छ। निर्वाचनमा गम्भीर धक्का व्यहोरेको भन्दै अधिकांश नेताहरूले नेतृत्व पुनर्संरचनाको आवश्यकता औंल्याएका छन्।

उपमहासचिव योगेश भट्टराई लगायत केही नेताहरूले अध्यक्ष ओलीको राजीनामासम्मको माग उठाएका छन्।

विगतमा ओली पक्षधर मानिएका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेल ले समेत पार्टी पुनर्गठनमा जोड दिएका छन्।

हालसम्म उपाध्यक्ष रामबहादुर थापा र सचिव महेश बस्नेत मात्रै खुलेर ओलीको पक्षमा उभिएको नेताहरूको भनाइ छ।

उपमहासचिव लेखराज भट्टले पुनर्गठन गर्ने भए ६० वर्षमाथिका सबै नेताले बिदा लिनुपर्ने चुनौती दिएका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077