Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदीय सुनुवाइ जारी, आजै शपथको तयारी

संसदीय सुनुवाइ जारी, आजै शपथको तयारी

मंगलवार , जेठ ५, २०८३

काठमाडौं। संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ जारी छ। 

सिंहदरबारमा जारी सुनुवाइमा शर्माले आफ्नो कार्ययोजना सुनाएका छन्।

उनले न्यायिक काम-कारबाही चुस्तदुरुस्त बनाउने, न्यायलयलाई स्वच्छ, निष्पक्ष, जवाफदेही बनाउने बताएका छन्।

सांसदहरूले प्रश्न राखिरहेका छन् भने शर्माले प्रश्नको जवाफ दिइरहेका छन् ।

सवाल जवफ सकिए लगत्तै प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई संवैधानिक परिषद्को सिफारिसमासुनुवाइ समितिले अनुमोदन गरेपछि आजै शपथको तयारी रहेको बुझिएको छ। 

संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ।

संवैधानिक परिषदको बहुमतले वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो।

त्यसपछि संसदीय सुनुवाइ समितिले वैशाख २५ गते शर्मामाथि उजुरी आह्वान गर्दै १० दिनको समय दिएको थियो । समयसीमामा शर्माबारे १६ वटा उजुरी परेका थिए ।

त्यसबारे यसअघि आज बिहान बसेको समितिको बैठकले  डा. शर्माउपर परेका उजुरी अध्ययन गरेको थियो । 

यद्यपी विपक्षी दलहरुले सुनुवाइका लागि हतार नगर्न माग गरेको थियो भने सत्ताले आजै गर्नुपर्ने अडान राखेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077