Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया सुरु

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया सुरु

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । संसदीय सुनुवाइ समिति ले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माविरुद्धको सुनुवाइ प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ ।

मंगलबार बसेको समितिको बैठकले प्राप्त उजुरीहरूको व्यवस्थापन, कार्ययोजना वितरण र आगामी सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

इमेल तथा खामबन्दी रूपमा प्राप्त उजुरीहरूलाई संवेदनशीलताका आधारमा वर्गीकरण गरी गोपनीयता कायम राख्ने व्यवस्था गरिएको छ । गोप्य उजुरीहरूमा उजुरीकर्ताको नाम हटाएर कोडिङ प्रणालीमार्फत मात्रै सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराइनेछ।

समितिले सांसद र सञ्चारकर्मीहरूलाई पनि उजुरीको गोपनीयता कायम राख्न विशेष आग्रह गरेको छ।

सुनुवाइ प्रक्रियाअन्तर्गत प्रस्तावित प्रधानन्यायाधीशले आफ्नो कार्ययोजना पेश गरिसकेका छन्, जसलाई समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिएको छ। आवश्यक परे डिजिटल प्रति समेत उपलब्ध गराइनेछ।

समितिले अब उजुरीमाथि छलफल गर्ने, उजुरीकर्तालाई समितिमा बोलाउने र प्रस्तावित व्यक्तिसँग प्रत्यक्ष सुनुवाइ गर्ने कार्यदिशा तय गरेको छ।

समितिले अन्तिम चरणमा प्रस्तावित प्रधानन्यायाधीशको योग्यता, क्षमता र भविष्य योजनाको मूल्यांकन गर्दै उनको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय लिनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077