Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीको गिरफ्तारीपछि पहिलोपटक एमालेको सचिवालय बैठक बस्दै

ओलीको गिरफ्तारीपछि पहिलोपटक एमालेको सचिवालय बैठक बस्दै

शनिवार , जेठ २, २०८३

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बैठक बस्न लागेको हो । बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुनेछ । 

बैठकमा कार्यविभाजन, गत निर्वाचनको समीक्षालगायत छलफल हुन सक्ने बताइएको छ ।

पछिल्लो समय प्रदेश सरकारको समीकरण हेरफेरका बारेमा पनि कांग्रेस र एमालेबीच छलफल जारी छ ।

सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने ती नेताले बताए ।

एमाले अध्यक्ष ओलीको गिरफ्तारीपछि पहिलोपटक एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077