Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजीको बहिष्कारपछि पुनः संवादमा बोलाउँदै कार्यदलले भन्यो- पुराना सहमति कार्यान्वयनकै चरणमा छन्

जेनजीको बहिष्कारपछि पुनः संवादमा बोलाउँदै कार्यदलले भन्यो- पुराना सहमति कार्यान्वयनकै चरणमा छन्

शुक्रवार , जेठ १, २०८३

काठमाडौं । जेनजी अभियन्ताहरूले संविधान संशोधन कार्यदलले  बोलाएको बैठक बहिष्कार गरेपछि कार्यदलले पुनः आह्वान संवादका लागि गरेको छ ।

शुक्रबारका लागि कार्यदलले जेनजीका अभियन्ताहरूसँग छलफलका लागि बैठक आह्वान गरेको थियो । तर, जेनजी अभियन्ताले विभिन्न ६ बुँदे  यसअघि भएका सहमति कार्यान्वयन हुनुपर्ने भन्दै छलफल बहिष्कार गरेका थिए।

जेनजी अगुवा रक्षा बमसहितका प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरूसँग सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयन नभएको र सरकार एकलौटी तथा अपारदर्शी ढंगले अघि बढेको भन्दै छलफलमा सहभागी नहुने घोषणा गरेका थिए। 

कार्यदलका संयोजक अशिम शाहले अन्यौलता चिर्दै सकारात्मक संवादमा सहभागी भइदिन लागि पुन:आह्वान गरेका हुन् ।

संयोजक शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोहीअनुरूप जेनजीहरूलाई पनि छलफलका लागि आमन्त्रण गरिएको स्पष्ट पारेका छन् ।

साथै संयोजक शाहले अघिल्लो सरकारसँग भएका सहमतिहरू कार्यान्वयनकै चरणमा रहेको र जेनजी परिषद् निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको समेत स्मरण गराएका छन् ।

कार्यदलले गत चैत २५ गतेदेखि सरोकारवालासँग छलफल सुरु गरेको थियो । यस क्रममा हालसम्म संविधानविद्, पूर्वप्रशासक र सञ्चार क्षेत्रका विज्ञहरूसँग परामर्श गरिसकेको छ भने आगामी दिनमा अन्य सरोकारवालासँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077