Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधान संशोधन बहसपत्र तयार पार्न छलफलमा जुट्यो कार्यदल

संविधान संशोधन बहसपत्र तयार पार्न छलफलमा जुट्यो कार्यदल

बिहिवार , जेठ ७, २०८३

काठमाडौं। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक दलका नेता तथा व्यक्तित्वसँग औपचारिक छलफल सुरु गरेको छ।

बिहीबार कार्यदलले संविधान संशोधन बहसपत्र सम्बन्धी सुझाव संकलनका लागि विभिन्न राजनीतिक राजनीतिकहरुसँग व्यक्तित्व छलफल सुरु गरेको हो ।

संविधान संशोधनका मुख्य एजेन्डा र आवश्यक परिमार्जनका विषयमा केन्द्रित रहेर कार्यदलले ‘बहसपत्र’ सम्बन्धी सुझाव संकलनका लागि यो बैठक राखेको हो। छलफलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कानुनी विज्ञ र सरोकारवालाको उपस्थिति छ।

छलफलबाट प्राप्त रचनात्मक सुझाव समेटेर संविधान संशोधनको प्रारम्भिक बहसपत्र तयार पारिनेछ। कार्यदलले आगामी दिनमा अन्य सरोकारवाला निकाय, नागरिक समाज र विज्ञहरूसँग पनि चरणबद्ध रूपमा सुझाव संकलन गर्ने योजना बनाएको छ।

संविधान संशोधनका लागि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले यसअघि नै विभिन्न पक्षसँग छलफल गरिसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077