काठमाडौं । काठमाडौंको कीर्तिपुर क्षेत्रमा प्रहरीले गोली चलाएर फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुरमा गोली चलाउँदै सुजन शाहीलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई विपिन घिमिरे हत्या प्रकरणका मुख्य योजनाकार भएको दाबी गरेको छ ।
केही दिनअघि कीर्तिपुरमा गुल्मीका विपिन घिमिरेको हत्या भएको घटनामा शाहीको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटना पछि फरार रहेका शाहीलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरी स्रोतको भनाइ छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने हत्या प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि जारी रहेको बताइएको छ।