Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेसको अवरोध, संसद् बैठक छाडेर हिँडेको विषयमा प्रधानमन्त्रीको जवाफ माग

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेसको अवरोध, संसद् बैठक छाडेर हिँडेको विषयमा प्रधानमन्त्रीको जवाफ माग

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाहले संसद् बैठक छाडेर हिँडेको विषयमा असहमति राख्दै प्रमुख विपक्षी कांग्रेसले अवरोध गरेको हो ।

अवरोधपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले कांग्रेसकी प्रमुख सचेतक बासना थापालाई बोल्न समय दिएकोमा थापाले पार्टीको तर्फबाट   प्रधानमन्त्रीको जवाफ माग गरेकी छन् ।

राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्रीले नै ‘बहिष्कार’ गर्ने कार्य संवैधानिक नैतिकताविपरीत भएको उनको भनाई छ । 

'सरकारको नीति कार्यक्रम प्रधानमन्त्रीले नै ‘बहिष्कार’ गर्ने कुन संवैधानिक र नैतिक मर्यादा हो ?' भन्दै थापाले प्रश्न गरिन् ।

 प्रधानमन्त्रीको जवाफ माग गर्न समय पाएपछि कांग्रेस सांसदहरूले आसनमा बसेर अवरोध अन्त्य गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077