Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी

मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।

आजै अपराह्न सुरु हुने सङ्घीय संसद्को बजेट अधिवेशन र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सन्दर्भमा यो बैठकलाई महत्वपूर्ण मानिएको छ।

बैठकमा सरकारका नीतिगत निर्णयहरू र सदनमा पेस गरिने विभिन्न अध्यादेशहरूबारे छलफल हुने सम्भावना छ।

संसद्का प्रवक्ता एकराम गिरीले अधिवेशनको पहिलो दिन संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी दिए।

राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति  तथा कार्यक्रम प्रस्तुत  गर्ने छन्। 

नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि छलफल हुने र निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको छ। नीति तथा कार्यक्रम पारित भएपछि प्रि–बजेट (बजेटपूर्वको छलफल) सुरु हुनेछ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077