Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस गर्न भट्टको नेतृत्वमा समिति गठन

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस गर्न भट्टको नेतृत्वमा समिति गठन

मंगलवार , बैशाख ८, २०८३

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको नेतृत्वमा समिति बनाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टको नेतृत्वमा समिति गठन गरेको हो ।

भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने गरी समिति गठन गरेको सरकारका प्रवक्ता विक्रम तिमिल्सिनाले जानकारी दिए । 

त्यसैगरी सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077