काठमाडौं । सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ ।
बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो ।
वृत्तका प्रहरी नायब उपरीक्षक सन्तोष रोक्काले सहकारी ठगी आरोपमा सोधपुछ गरी थप कारबाही प्रक्रिया अघि बढाउन उनलाई पक्राउ गरिएको जानकारी दिए ।
उक्त सहकारीले करिब १५० बचतकर्ताको १५ करोड रुपैयाँ बचत रकम फिर्ता गर्न बाँकी रहेको बताइएको छ ।