Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ई-हाजिरीका लागि सांसदहरुको धमाधम बायोमेट्रिक लिइँदै

ई-हाजिरीका लागि सांसदहरुको धमाधम बायोमेट्रिक लिइँदै

बिहिवार , बैशाख २४, २०८३

काठमाडौं । संघीय संसदका सांसदहरुको बायोमेट्रिक विवरण संकलन कार्य सुरु भएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकहरुमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि बिहीबारबाट सो कार्य सुरु भएको हो। 

अहिले संघीय संसदका विषयगत समितिहरु अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति, अर्थ समिति, विधायन व्यवस्थापन समितिका सांसदहरुको वायोमेट्रिक विवरण संकलन कार्य सकिएको छ ।

त्यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समितिका सांसदहरुको सो विवरण संकलनको काम भइरहेको पनि संघीय संसद सचिवालयले जनाएको छ ।

शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समितिको उक्त विवरण संकलन गरिनेछ ।

त्यस्तै वैशाख २८ गते सोमबार सार्वजनिक लेखा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सांसदहरुको उक्त विवरण संकलन गरिने पनि संघीय संसद सचिवालयले जनाएको छ ।

बायोमेट्रिक विवरणसँगै सांसदहरूको औपचारिक तस्बिर समेत खिचिने जनाइएको छ । सचिवालयले यसअघि नै सबै सांसदहरुलाई बायोमेट्रिकका लागि सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन सूचित गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077