काठमाडौं । मन्त्रिपरिषद बैठक सिंहदरबारमा बसिरहेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिदेखि जारी छ ।
यो मन्त्रिपरिषद्को नियमित बैठक पनि हो ।
बैठकमा केही प्रशासनिक तथा राजनीतिक विषयसँगै विभिन्न मन्त्रालयबाट पेश भएका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने सम्भावना रहेको छ ।
बैठकले समसामयिक प्रशासनिक निर्णयहरू, नियुक्ति तथा नीतिगत विषयमा समेत निर्णय गर्न सक्नेसमेत बताइएको छ ।
साथै सरकारले केही मन्त्रालय खारेज गर्ने र केहीलाई गाभेर मन्त्रालयको नयाँ नाम कायम गर्ने तयारी गरिरहेको छ।