काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
संसद्मा बजेट प्रस्तुत गरिनुअघि शुक्रबार दिउँसो २ः३० बजेका लागि प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् बैठक बोलाइएका हुन् ।
सरकारले आज अपरान्ह ४ बजे आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ ।
अपराह्न ४ बजे बस्ने दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्न लागेका हुन् ।
उक्त बजेट पारित गर्नका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।
संसद्मा दुईतिहाइ बहुमत भएको राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो सरकार भएकाले यसपटक आउने बजेट हेर्न सबै उत्सुक छन्।अर्थमन्त्री वाग्लेले पनि आगामी आर्थिक वर्षको बजेटले अहिलेसम्मकै ठूलो संरचनात्मक परिवर्तनका कार्यक्रम बजेटमा आउने दाबी गरेका छन्।
अर्थ मन्त्रालयले २२ खर्ब हाराहारीको बजेट तयारी गरेको छ।
स्रोतका अनुसार यसपटक बजेटलाई ठुला र प्रतिफल दिने आयोजनामा मात्रै केन्द्रित गरिएको छ।
यसका साथै यस वर्षको बजेटबाट कर्मचारीको तलब पनि १५–१८ प्रतिशत बढ्ने स्रोतले बताएको छ।