काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सरकारले राष्ट्रिय सीमा सुरक्षाभन्दा सुकुम्वासी व्यवस्थापनलाई प्राथमिकता दिएको भन्दै कडा असन्तुष्टि जनाएका छन् ।
पोखराबाट फर्किएका पूर्वराजालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका प्रसाईँले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री बालेन्द्र शाहप्रति लक्षित टिप्पणी गरेका हुन् ।
उनले सुकुम्वासी बस्ती हटाउन डोजर चलाउनुको सट्टा विवादित लिपुलेक–कालापानी क्षेत्रमा ध्यान दिन सरकारलाई आग्रह गरे।
‘भोलिदेखि भारत र चीनले मानसरोवरको बाटो खोल्दैछन्। नेपाली सेनालाई त्यहाँ पठाउनु नि रु आफ्नो भूमि फिर्ता ल्याउनुपर्दैन ?’ भन्दै उनले प्रश्न उठाए। ‘ग्रेटर नेपालको नक्सा लगाउनेहरू अहिले किन चुप छन् रु सेना आज सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानीमा हुनुपर्ने हो,’ उनले थपे।
प्रसाईँले गरिब तथा सुकुम्वासीप्रति राज्यको व्यवहारप्रति पनि आलोचना गरे। ‘गरिबहरूलाई जसरी रुवाइएको छ, त्यो देख्दा दुःख लाग्छ,’ उनले भने, ‘अर्काको निजी जग्गामा बस्न नदिने भनिन्छ, तर उनीहरू जाने ठाउँ खोलाको किनारमै हुन्छ। घर भनेको सबैको सपना हो, घर नभए सरकारी जग्गामा बस्नुपर्ने बाध्यता हुन्छ।’