Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा सिक्री लुट्ने गिरोह पक्राउ, सुनसहित हतियार बरामद

काठमाडौंमा सिक्री लुट्ने गिरोह पक्राउ, सुनसहित हतियार बरामद

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । राजधानीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लुटपाटमा प्रयोग हुने सामग्रीसहित पाँच जनालाई नियन्त्रणमा लिई सोमबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोट विदुरका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बूका १९ वर्षीय रितिका माझी रहेका छन् ।

प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराई का अनुसार चैत १२, चैत १९ र वैशाख ६ गते काठमाडौंका विभिन्न स्थानमा भएका सुन लुटपाट घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले पक्राउ परेकाहरूबाट १२.९० ग्राम सुन, पेचकस, ठूलो तथा साना रेन्ची, मोबाइल, खुकुरी तथा लुटपाटमा प्रयोग गरिने लत्ताकपडा बरामद गरेको जनाएको छ।

उक्त गिरोहलाई काठमाडौंको तारकेश्वर नगरपालिका–४ पैँयुटारबाट पक्राउ गरिएको हो। हाल उनीहरूमाथि प्रहरी वृत्त थानकोट बाट थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077