Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद हुँदाहुँदै अध्यादेशबाट शासन चलाउन खोजे केपी ओलीको हालत हुन्छ: ज्ञानेन्द्र शाही

संसद हुँदाहुँदै अध्यादेशबाट शासन चलाउन खोजे केपी ओलीको हालत हुन्छ: ज्ञानेन्द्र शाही

आइतवार , बैशाख १३, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञाबहादुर शाही (ज्ञानेन्द्र)ले सरकारले अध्यादेशमार्फत शासन चलाउन आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले सरकारलाई संसदबाट नभागी विधायिकी प्रक्रियामार्फत जनताको समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

संसद जनताको आवाज बोल्ने थलो र सरकार त्यसको कार्यान्वयन गर्ने संयन्त्र भएको उल्लेख गर्दै सरकार बलियो हुँदा संसदको आवश्यकता अझ बढी हुने उनको भनाई छ ।

उनले भने- ‘संसद चलाउनुहोस् । संसदबाट नभाग्नुहोस् । संसद भनेको जनताको आवाज बोल्ने थलो हो भने सरकार त्यसको कार्यान्वयन गर्ने हो ।' 

संसदीय दलका नेता समेत रहेका शाहीले सरकारले कानून निर्माणभन्दा अध्यादेशमार्फत शासन चलाउने प्रयास गरे गम्भीर राजनीतिक परिणाम भोग्नुपर्ने चेतावनी पनि दिए ।

उनले थप भने- 'अहिले अड्केको भूमिसुधार ऐन रास्वपाले बनाउने हो कि सरकारले बनाउने हो ? ऐन बनाउने त संसदले होला नि । अहिले कानून नबनाइकन सुकुम्बासीको व्यवस्थापन गर्न सक्नुहुन्छ रु अध्यादेश ल्याउँछु भनेर ठान्नुभएको होला त्यसो गर्यो भने केपी ओलीको हालत हुन्छ । संसद हुँदाहुँदै अध्यादेशबाट काम थालनि नगर्नुस् ।'

साथै उनले सुकुमबासी समस्या, भूमिसुधार ऐनको अड्किएको अवस्था तथा भूमि व्यवस्थापनजस्ता विषय संसदबाटै कानुन बनाएर समाधान खोज्नुपर्ने धारणा राखेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077