Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तत्कालीन सरकारको गलत निर्णय सच्याएकोमा सरकारलाई धन्यवाद: पूर्वआईजीपी मञ्च

तत्कालीन सरकारको गलत निर्णय सच्याएकोमा सरकारलाई धन्यवाद: पूर्वआईजीपी मञ्च

शनिवार , बैशाख १२, २०८३

काठमाडौं । पूर्व प्रहरी संगठन प्रमुखको मञ्च (पूर्वआईजीपी मञ्च) ले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीकै हुने सरकारको निर्णयलाई स्वागत गरेको छ ।

सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज गरेसंगै पूर्वआईजीपी मञ्चले एक विज्ञप्ती जारी गर्दै उक्त निर्णयलाई स्वागत गरेको हो ।

'संगठनको मानव स्रोत व्ययवस्थापनमा अनुपम प्रस्थान बिन्दुको रुपमा रहेको प्रहरी एकेडेमी कुनै सरकारी संयन्त्र वा प्रतिष्ठान मात्र थिएन । त्यो त प्रत्येक प्रहरी कर्मचारीको आत्मासँग जोडिएको प्रत्यक्ष जिउँदो इतिहास हो । अपर्याप्त बजेटमा कसरी प्रहरी कर्मचारी र नागरिकको सहयोगमा स्रोत व्यवस्थापन गर्न सकिन्छ भन्ने उदाहरणको विश्व विद्यालय पनि हो । प्रहरीको गौरवान्तिम इतिहास बोकेको मौलिक संरचना अर्को सरकारी निकायको बिस्तारका लागि अतिक्रमण गर्ने तत्कालीन सरकारको गलत निर्णय सच्याएकोमा सरकारलाई धन्यवाद छ,' मञ्चका संयोजक पूर्वआईजीपी मोतिलाल बोहराद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

०७५ साल भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान सार्ने निर्णय गरेको थियो । तर, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११४ रोपनी तीन आना जग्गा प्रतिष्ठानले नै प्रयोग गरिरहने निर्णय गरेको थियो ।

यसअघि महाराजगञ्जमा प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय पनि भएको थियो । तर सरकारको निर्णयपछि यसलाई फेरि प्रहरी प्रतिष्ठानकै मातहतमा ल्याइने भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077