Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य चार निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य चार निर्णयहरु

मंगलवार , जेठ १९, २०८३

काठमाडौं। सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार बसेको बैठकका ४ वटा मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।

जसअनुसार सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय भएको छ।

यसैगरी २०८० साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिनले थप गर्ने निर्णय भएको छ।

त्यसैगरी भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्य पदमा अमीरप्रसाद न्यौपाने, पद्मनीति सोती र डा। रोहना श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय पनि भएको पोखरेलले बताए ।

यस्तै युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्राम ९यूएनडीपी० बाट ओजन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय पनि भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077