काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् ।
सार्वजनिक खरिद प्रणालीमा अनधिकृत हस्तक्षेप गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरिएको घटनामा अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उक्त प्रकरणमा अनुसन्धान अघि बढाइरहेको छ। सोही सिलसिलामा पाण्डेलाई पक्राउ गरिएको स्रोतले जनाएको छ। उनी राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन् ।
०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भई सहरी विकाश मन्त्री बनेका पाण्डेविरुद्ध यसअघि सिक्टा सिञ्चाई आयोजनामा भ्रष्टाचार गरेको कसुरमा अख्तियारले मुद्दा दायर गरेको थियो।
पाण्डे उक्त मुद्दामा ४ करोड रुपियाँ धरौटी बुझाएर रिहा भएका थिए ।