काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठरिहा भएका छन् ।
काठमाडौं महानगरपालिका-११, मीनभवन बस्ने ४६ वर्षीय श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यही बैशाख १५ गते कागेश्वरी मनहरा-५ बाट पक्राउ गरेको थियो ।
बीमा प्राधिकरणको पत्रको आधारमा बीमा ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागी पक्राउ गरेका उनलाई प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थालेको थियो ।
शेखर गोल्छा पक्राउपछि अनुसन्धानका क्रममा पक्राउ परेका श्रेष्ठमाथि कसूर प्रमाणित हुने अवस्था नदेखिएपछि बुधबार हाजिरी जमानीमा रिहा गरिएको हो ।