Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वमन्त्री पाण्डे थप ८ दिन हिरासतमा रहने, ठेक्का अनियमितता सम्बन्धी अनुसन्धान तीव्र

पूर्वमन्त्री पाण्डे थप ८ दिन हिरासतमा रहने, ठेक्का अनियमितता सम्बन्धी अनुसन्धान तीव्र

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । ई-बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा  पक्राउ परेका राप्रपाका उपाध्यक्ष एवम पूर्वमन्त्री विक्रम पाण्डे थप ८ दिन हिरासतमा रहने भएका छन् ।

सार्वजनिक खरिद प्रणालीमा अनधिकृत हस्तक्षेप गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरिएको घटनामा पक्राउ परेका पाण्डेलाई जिल्ला अदालत काठमाडौंले थप ८ दिन प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान अघि बढाउन स्वीकृति प्रदान गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाण्डेलाई गत शुक्रबार नियन्त्रणमा लिएको थियो । 

निर्माण व्यवसायसमेत गर्दै आएका उनी कालीका कन्स्ट्रक्सनका सञ्चालक हुन् ।

अनुसन्धानका क्रममा सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणाली (ई-बिडिङ) मा अनधिकृत पहुँच पुर्‍याई ठेक्का प्रक्रियासम्बन्धी विवरण हेरफेर गरिएको आरोप उठेको छ । आर्थिक प्रस्ताव खोलिनु अघि नै प्रस्ताव संशोधन गरेर ठेक्का प्राप्त गर्ने प्रयास भएको आधारमा अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

यो प्रकरणमा हालसम्म १३ जनालाई पक्राउ गरिएको छ, जसमा ७ जना निर्माण व्यवसायी छन्। प्रहरीले संगठित अपराध अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ।

०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भई सहरी विकाश मन्त्री बनेका पाण्डेविरुद्ध यसअघि सिक्टा सिञ्चाई आयोजनामा भ्रष्टाचार गरेको कसुरमा अख्तियारले मुद्दा दायर गरेको थियो। 

पाण्डे उक्त मुद्दामा ४ करोड रुपियाँ धरौटी बुझाएर रिहा भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077